चुनावमा वुथ क्याप्चरको नयाँ मोडल

लेखनाथ पोखरेल
३० कार्तिक २०७९ ११:१५

गत साता एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन आग्रह गरे।

साथै उनले मंसिर ४ गते हुने निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न पनि आग्रह गरे। आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको भन्दै मंसिर ४ को निर्वाचनमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरूसँगको सामूहिक छलफलमा प्रमुख आयुक्त थपलियाले भने, ‘मैले करिब ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु। मेरो अनुभवले अहिले आएर हेर्दाखेरी यो मतपेटिका कसरी साटिँदोरहेछ भन्ने तरिका जान्दै नजानीकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ। म यसलाई प्रष्ट पारौं, मतदान कसरी सम्पन्न हुन्छ भन्नेबारेमा मैले भन्नैपर्ने हुन्छ। मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भएछ नि। मैले त्यो दिव्यज्ञान प्राप्त गर्न सकेँ भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस् तर त्यो दिव्यज्ञान कहीँबाट प्राप्त होस्।’

सेक्यूरिटी कोडका आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने उनको जिकिर थियो। मतपत्र सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुने भएकोले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना नरहेको पनि थपलियाले बताए।

प्रमुख आयुक्त थपलियाले मतपेटिका साटिनै नसक्ने जिकिर गरे तर मतदानका क्रममा हुने अन्य जालझेल र चलखेलबारे भने खासै चर्चा गरेनन्। न त पूर्व प्रमुख आयुक्तहरुले त्यसबारे चर्चा गरे।

प्रमुख आयुक्त थपलियाले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवार हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन पनि दिएका छन्।

निर्वाचनमा शान्तिपूर्ण बुथक्याप्चर मोडल अख्यितार गर्न थालेका छन्। गत स्थानीय निर्वाचनमा पनि उनले सोही मोडल अपनाउने प्रयास गरेका थिए । एमालेका अनुसार गत स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिका ३ स्थित कालापानी, जामुने, मालुलगायतका मतदान केन्द्र काग्रेसलगायत गठवन्धनले कब्जा गरेको थियो।

उनले भनेका छन्, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन्। म सबै मतदान अधिकृत साथीहरुलाई कानूनको व्यवस्था पूर्णरूपमा अध्ययन गर्न र आफ्नातर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानूनबमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु।’

तर यसअघिका निर्वाचन देखेका, भोगेका सर्वसाधारण मतदाता भने प्रमुख आयुक्त थपलियाको प्रतिबद्धता, दाबी, आश्वासन, जिकिर पत्याउन तयार छैनन्। उनका प्रतिवद्धता वा आश्वासन शहरी निर्वाचन केन्द्रका लागिमात्रै हो भने विमति नहोला।

ग्रामीण निर्वाचन र सहरी निर्वाचनमा आकास जमिनको फरक छ। त्यहाँ न आयुक्तका प्रतिबद्धता काम लाग्छन्, न त आश्वासन वा निर्देशन नै। त्यहाँ त ‘जसको शक्ति उसको भक्ति’ को नीति लागू हुन्छ, सत्ता र शक्तिको आडमा मनपरीतन्त्र चल्छ।

सत्ताबाहिरका दलका नेता, कार्यकर्ता मतदानस्थल छाडेर भाग्नुपर्ने अवस्था हुन्छ भने ती दलका भोटरलाई पनि मतदानको अधिकारबाट बन्चित गराइन्छ। कतिलाई डर त्रास देखाएर वा धम्क्याएर गौंडा, गौंडाबाटै फर्काइन्छ भने कति मतदानस्थलमा पुगेर पनि मतदान गर्न पाउँदैनन्। मतदानस्थलमा राखिएको सिसी क्यामेराको लाइन काटिन्छ वा अर्कैतर्फ फर्काइन्छ, अनि सुरु हुन्छ खेल।

अब मेरो आफ्नै दोलखाको तामाकोशी गाउँपालिका वडा ३ जफेस्थित कालापानी मतदान केन्द्रको कुरा गरौं। गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा ३ को वडाअध्यक्षमा गठवन्धनतर्फबाट रामप्रसाद काफ्ले (नेपाली कांग्रेस) र नेकपा एमालेतर्फबाट युवा प्रतिनिधि सन्तोष पोखरेल मुख्य प्रतिस्पर्धी थिए।

पोखरेल नयाँ अनुहार हुन् भने काफ्ले अघिल्लोपटक पनि अध्यक्ष निर्वाचित अनुहार हुन्। गाउँपालिका अध्यक्षमा भने गठवन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी र एमालेबाट इन्जिनियर अभिषेक मुख्य सुवेदी प्रतिस्पर्धी थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकी सिर्जना सुवेदी एमालेकी अम्बिका पोखरेल प्रतिस्पर्धी थिए।

जहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन थियो। गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबैमा गठवन्धनको जितेको छ भने गाउँपालिकाका सातवटा वडामध्ये तीनवटामा कांग्रेस, दुईवटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले जितेका छन्।

एमालेका अनुसार मतदानको अघिल्लो दिन एमालेका वडा सदस्य उम्मेदबारलाई कांग्रेस कार्यकर्ताले उनकै निवासमा गएर कुटपिट गरे। त्यसरी घरमै भौतिक आक्रमणपछि एमाले कार्यकर्ता पनि प्रतिकारमा उत्रिए, एक कांग्रेस कार्यकर्र्तालाई मरणासन्न हुनेगरी कुटे। जुन कुटाइ काँग्रेसजनहरु आगोमा घीउ थपिए झैं भयो।

‘आक्रमणकारी एमाले’ हरु भोट हाल्न आए ‘बाँकी नराख्ने’ चेतावनी नै दिए। उनीहरुको त्यो चेतावनी त्यो टोलका सबै भोटरका लागि थियो, समग्र एमालेका लागि थियो।

हुन पनि भोलिपल्ट त्यस्तै भयो, उक्त टोलका कोेही पनि भोट हाल्न आएनन्, उम्मेदवारलेसमेत मतदानस्थलसम्म पुग्न सकेनन्। जहाँ दुईभन्दा बढी एमाले भोटर थिए। त्यो त आएकै धेरैजसो एमाले भोटरलाई मतदानबाट बञ्चित गरियो।

किनभने मतदानमा निषेध गर्ने गठबन्धनको पूर्वतयारी नै तयारी थियो। सोही तयारीअनुरुप अन्य भोटरलाई लाइनका आधारमा नभइ अल्फावेट नामका आधार मतदान केन्द्रभित्र पठाइन्थ्यो तर गठबन्धन सथर्मकलाई आल्फावेट लागू हुँदैनथ्यो।

एमालेका मतदान प्रतिनिधि गोकर्षण पोखरेलका अनुसार मतदान अधिकृत, सुरक्षाकर्मीलगायतको सेटिङमा बिहान ११ बजेदेखि नै बुथ कब्जा गर्ने कांग्रेसको तयारी थियो। सोहीअनुसार काग्रेसले एमालेतर्फका एजेन्टलाई मतदान केन्द्रबाट बाहिरिन दबाब दिन थालेको थियो।

तथापि एमाले एजेन्टले प्रतिबाद गरिरहे। मतदान अधिकृत र सुरक्षा प्रमुखसमेतले आफूहरुले सुरक्षा दिन नसक्ने बताएपछि दिउँसो १ मतदान केन्द्रबाट बाहिरिन बाध्य हुनुपरेको पोखरेलको भनाइ छ। उनले भने, ‘भौतिक आक्रमणकै धम्की आएपछि हामी निस्केर हिँड्यौं।

उनका अनुसार त्यसपछि मतदान केन्द्र आफ्नो नियन्त्रणमा लिएर गठबन्धनले लिएर एकलौटीरुपमा भोट हाल्यो। बुथ क्याप्चरको सूचनापछि सेनाले मतदान केन्द्र आफ्नो नियन्त्रणमा लिएको तर सूचना पाएपनि आदेश आउन ढिलाइ भएका कारण सेनाले नियन्त्रणमा लिनुअघि बाँकी मत खसालिसकेका थिए।

उक्त घटनापछि ५ नबज्दै कांग्रेस कार्यकर्ताहरु अबिर जात्रासहित ‘यो जीत कसको कांग्रेस’को भन्ने नारा लगाउँदै गाडीमा मतगणनास्थल गाउँपालिकाको कार्यालयतर्फ लागेका थिए।

सोही क्षेत्रका एक काग्रेसनिटक सहकर्मीले पनि उल्लेखित घटनाक्रमको पुष्टी भन्दै थिए ‘एमालेहरुलाई ११ बजेदेखि नै निषेध गर्ने योजना थियो, १ बजेसम्म त भोट हाल्न दिए।

त्यसो त काग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको गृह गाउँसममेत रहेको कालापानी मतदान केन्द्र वुथ क्याप्चर र गुण्डागर्दीमा विगतदेखि बदनाम छ। कालापानीमात्र नभइ दोलखाको तामाकोशी गाउँपालिका नै बदनाम छ।

युवा नेता कुन्दनराज कस्ता राजनीतिकर्मी हुन् भन्नेबारेमा थप व्याख्या गर्न परेन। अनि उनको उनको चरित्र, क्रियाकलाप र वाक शैली पनि। तथापी पछिल्लो समय भने उनी केही फरकरुपमा प्रस्तुत हुन थालेका छन्।

निर्वाचनमा शान्तिपूर्ण बुथक्याप्चर मोडल अख्यितार गर्न थालेका छन्। गत स्थानीय निर्वाचनमा पनि उनले सोही मोडल अपनाउने प्रयास गरेका थिए । एमालेका अनुसार गत स्थानीय निर्वाचनमा तामाकोशी गाउँपालिका ३ स्थित कालापानी, जामुने, मालुलगायतका मतदान केन्द्र काग्रेसलगायत गठवन्धनले कब्जा गरेको थियो।

त्यसो त तामाकोशी ३ ठूला दुइ प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका केन्द्रीयस्तरका नेताको गृह गाउँ भएकोले निर्वाचनको वेला सत्ता र शक्तिको चरम दुरुपयोग हुने गरेको छ। कांग्रेसमात्रै होइन, एमाले पनि चोखो छैन।

आफ्नो पकड क्षेत्रमा उसले पनि विगतमा बुथ क्याप्चर गरेकै हो। तत्कालीन संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले पनि त्यसै गरेको काँग्रेस एमालेहरुले आरोप लगाउँदै आएका छन्।

२०७४ को स्थानीय निर्वाचनमा पनि यस गाउँपालिकाका अधिकांस मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तामाकोशी तामाकोशी ३ मा कुटाकुटपछि एमालेका उम्मेदवार बुथ छाडेर भागेका थिए।

दोलखाका धेरैजसो गाउँपालिकामा मतदानको दिन लफडा हुने गरेको छ। वडा तामाकोशी ३ मा माथिल्लो क्षेत्रका मतदाताका लागि कालापानी मतदान केन्द्र र तल्लो क्षेत्रका लागि जामुने मतदान केन्द्र रहेका छन्।

दोलखाको तामाकोशी गाउँपालिका ३ अर्थात जफे नेता उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ। यस क्षेत्रका धेरैजसो नेताहरु राष्टिय राजनीतिमा चर्चा रहने गरेका छन्।

यो एमाले नेता आनन्दप्रसाद पोखरेल, बसन्तराज कार्की, इश्वरचन्द्र पोखरेल र कांग्रेसका कुन्दनराज काफ्ले, सोही पार्टीका स्वर्गिय नेता देवीप्रसाद न्यौपानेलगायतको गृह गाउँ हो।

त्यतिमात्र नभइ हाल राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट काठमाडौंको चुनावी दौडमा रहेकी सोविता गौतमको गृह गाउँसमेत । तत्कालिन राष्ट्रिय पंचायतका सदस्य शान्तिप्रसाद काफ्ले पनि यहीँका उत्पादन थिए। तर नेतामा धनी भएपनि जफे आफै भने अहिले पनि गरिबीबीच गुज्रिरहेको छ ।

नेपालमा अन्य क्षेत्र जस्तै दोलखामा पनि यसपटकको आम निर्वाचनमा कसले बाजी मार्ने हो, भविश्यवाणी गर्न सकिने अवस्था छैन। २०७४ को आम निर्वाचनसम्म दोलखामा बामपन्थी अर्थात एमालेको गढ थियो।

जहाँ एमालेका पार्वत गुरुङ सर्वाधिक मतका साथ बिजयी भएका थिए तर यसबीचमा तामाकोशीमा धेरै पानी बगिसकेको छ, गौरीशंकर हिमालमा धेरै हिँउ पग्लिसकेको छ, कालिन्चोक माइले धेरैलाई दर्शनाथीलाई दर्शन दिइसकेकी छिन्, सैलुङमा धेरैवटा थुम्काले पाँच वर्षसम्म चिसो सिरेटो खेपिसकेका छन्।

यसपटकको आम निर्वाचनमा एमालेबाट प्रतिनिधिसभाका लागि बालकृष्ण शिवाकोटी, प्रदेश १ प्रदेशसभा उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ प्रदेशसभा उम्मेद्ववार भरतबहादुर केसी रहेका छन् भने गठवन्धनतर्फबाट प्रतिनिधिसभाका लागि गंगा कार्की, प्रदेश १ मा कुन्दनराज काफ्ले र प्रदेश २ मा बर्मा लामा प्रतिस्पर्धी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *