अमेरिकी पत्रकार जब काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अनुप बोहरा नजिक पुगे {भिडियोसहित}

डिसी नेपाल
१ मंसिर २०७९ १६:०४

काठमाडौं । काठमाडौं २ का स्वतन्त्र उम्मेद्वार अनुप बोहरा क्रस खुकुरी चुनाव चिन्ह प्रतिअन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेको छ । झट्ट हेर्दा बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प्रत्यक्ष सामेल महिला नेत्री एवम पूर्व सभामुख ओनसरी घर्ती र एमालेको तर्फबाट मणिराम फुयल बिच प्रमुख प्रतिस्पर्धा रहेको यो निर्वाचन क्षेत्रमा एकाएकअनुप बोहराको चर्चा चुलिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमन्युयोर्क टाइम्स , BBC , GNN लगायतका सञ्चार माध्यमहरुले समेत अनुप बोहरा प्रतिविशेष चासो पुर्वक हेरिरहेको पाइएको छ। न्युयोर्क टाइम्सको टोलीले बोहरासँग विशेष कुराकानी गर्दै नेपालका राजनीतिक दल ,निर्वाचनको अवस्था र स्वतन्त्रहरुको उपस्थितिबारे जिज्ञासा राख्दै पछिल्लो नेपाली राजनीति र युवाका आकाङ्क्षाहरुबारे पनिछलफल गरेको छ।

एका एक चुलिएको बोहराको चर्चा र स्वतन्त्रप्रतिको जनताको रुझानले काठमाडौ २ को निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *