बेन्जेमा विश्वकपबाट बाहिर

डिसी नेपाल
४ मंसिर २०७९ ७:०६
772
Shares

काठमाडौं। फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो।

बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन्। विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो।

फ्रान्स राष्ट्रिय टोलीले घाइते भएको र प्रतियोगितामा बेन्जेमा नदेखिने बताएको छ। ‘बेन्जेमाको खवरले टोलीलाई पक्कै दुखद् बनाएको छ। उनको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं,’ भनिएको छ। फ्रेन्च फुटबल फेडेरेसनले एमआरआइ स्क्यान गर्दै जँघा गएको बताएको हो। ‘उनलाई रिकभरी हुन तीन हप्ता लाग्नेछ,’ थपिएको छ।

विश्वकपमा फ्रान्स समूह डी मा रहेका छ। फ्रान्सले २२ नाभेम्बरमा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ। मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले सोमबार नै बेन्जेमाको स्थानमा खेलाडी परिवर्तन गर्ने बताएका छन्।

३४ वर्षीय बेन्जेमाले ९७ खेलको ३७ गोल गरेका थिए। फ्रान्सले यस अघि नै मिडफिल्डरद्वय पाउल पोग्वा र एनगोलो कान्तेलाई घाइतेभएपछि गुमाएको थियो। यसैगरी फिट हुँदै गरेका म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेयल भरानेलाई समावेश गरेको छ।

बुधबारमात्रै क्रिस्टोफर एनकुन्कु घाइते भएपछि फ्रान्सले कोलो मुआनीलाई स्थानान्तरण गरेको छ । बेन्जेमाको स्थानमा फ्रान्सले म्यानचेस्टरका स्ट्राइकर एन्थोनी मार्सिअललाई स्थान दिने सम्भावना छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *