प्रचण्डले मतदान गरेपछि: ‘गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो लागेको छैन’ {भिडियोसहित}

डिसी नेपाल
४ मंसिर २०७९ ८:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो नलागेको बताएका छन् । चितवनमा मतदान गरेपछि प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्रीको बिषय आरामले टुङगो लगाउने दावी समेत गरे ।

उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै संविधान, समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने जिकिर गरेका छन् । उनले निर्वाचनमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने बताए । त्यस्तै उनले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको भन्दै निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताए।

प्रचण्डले चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने धारणा राखेका छन् ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *