काठमाडौं १ मा आफ्नो पक्षमा जनमत आउने प्रकाशमान सिंहको दावी {भिडियो}

डिसी नेपाल
४ मंसिर २०७९ १०:२१

काठमाडौं।  नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नंवर १ का गठबन्धन उम्मेदवार प्रकाशमान सिंहले आफ्नो पक्षमा जनमत आउने दावी गरेका छन् ।

काठमाडौंको पकनाजोलस्थित मतदान केन्द्रमा मतदान गर्दै नेता सिंहले चूनावी प्रचारप्रसारका क्रममा जनताले दिएको साथले आफु चूनाव जित्नेमा ढूक्क रहेको बताए । उनले यसअघिको संविधान सभाबाट संविधान निर्माण र पहिलो प्रतिनिधिसभा संविधानलाई रक्षा गर्नमा नै बितेकाले अवको प्रतिनिधिसभाबाट संविधान कार्यान्वयका साथै मुलुकको बिकास र समृद्धिमा ध्यान केन्द्रति गर्ने धारणा राखेका छन् ।

नेपालको राष्ट्रिय राजनीतिलाई स्थीरता दिनका लागि पनि म्यान्डेड मागेको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *