फिफा प्रमुखले पश्चिमी देशहरूलाई ‘पाखण्डी’ बताउँदै भने- ‘आफ्नो गल्तीका लागि माफी माग्नुहोस्’

डिसी नेपाल
४ मंसिर २०७९ १२:०२
156
Shares

काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि फिफाका प्रमुखले आयोजक राष्ट्रको आलोचना गरेको भन्दै पश्चिमा राष्ट्रमाथि प्रहार गरेका छन् । फिफा प्रमुख जियानी इन्फान्टिनोले कतारको मानवअधिकार रेकर्डको आलोचना गर्ने कुरामामा पश्चिमी देशहरू पाखण्डी भएको आरोप लगाएका छन्।

उनले कतारको नैतिकतामाथि प्रश्न उठाउनुअघि युरोपेली देशहरूले विगतमा गरेका कामका लागि माफी माग्नुपर्ने बताए ।

फिफाका प्रमुखले भने, ‘म यहाँ ६ वर्षअघि आएको थिएँ र मैले पहिलो भेटमा आप्रवासी कामदारसँग सम्बन्धित मुद्दा उठाएको थिएँ । कतार वा अन्य देशबाट वर्षेनी करोडौं, अर्बौं कमाउने यी युरोपेली वा पश्चिमी व्यापारिक कम्पनीहरूमध्ये कतिले आप्रवासी कामदारको अधिकारको बारेमा सोचेका छन् ? वा कुनै अधिकारी? मसँग जवाफ छ, यी मध्ये कुनै पनि होइन किनभने नियमहरूमा कुनै पनि परिवर्तनको अर्थ कम नाफा हो। अर्थात् एक अर्बको सट्टा नब्बे करोड मात्रै कमाउन सकिन्छ । तर हामीले गर्यौं र फिफाले यी कतारी कम्पनीहरू मध्ये कुनै पनि भन्दा धेरै कम पैसा कमाउँछ।’

सन् २०२१ को फेब्रुअरीमा गार्डियन पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार कतारले विश्वकपको बिड जितेयता भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका ६,५०० आप्रवासी कामदारको कतारमा मृत्यु भएको छ। जबकि यहाँ समलिङ्गी सम्बन्ध पनि अवैध छ। धेरै सहभागी देशहरूले आप्रवासी कामदारहरू र समलिङ्गी अधिकारहरूका लागि कतारको आलोचना गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *