जितपछि माधव नेपालले भने– अबको सरकार कसको बन्छ भन्न सकिदैन

डिसी नेपाल
८ मंसिर २०७९ १५:४६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवको सरकार कसको बन्छ भन्ने अवस्था नरहेको बताएका छन् ।

रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टाीले सोचेअनुरुप नतिजा निकाल्न नसकेको समेत बताए । साथै, उनले यसपालीको निर्वाचनको परिणामको मुल्याङन गर्दै भएका कमजोरी सुधार गरेर अगाडी बढ्ने उल्लेख गरे ।

वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग एकता सम्भव नरहेको प्रतिकृया दिदै नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने धारणा राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *