कथा : अबीनको निश्चल प्रेम र लमीका गुनासाहरु

 डिल्लीप्रसाद कँडेल
१० मंसिर २०७९ ९:३६

अबिन गाउँको एउटा इमान्दार र शाहसी केटा थियो। गाउँले जीवन दुःख कष्ट गरी बाबु आमा ले एसएलसी सम्म पढाउनु भएको थियो। अझै बाबु आमाले भन्दै हुनुन्थ्यो- तिमी राम्रोसँग पढ पढेर ठूलो मान्छे बन्नु पर्छ।

तर, उसले गाउँमा आफ्ना बाबु आमा ले धेरै दुःख गरी साना भाई बहिनीहरु को पालन पोषण गर्नुपर्ने सँगै आफूलाई पठन-पाठन को खर्च जुटाउँदा बाबु आमालाई अल्ली गाह्रो हुने ठानेर अनेक बाहना गर्दै घर छाड्ने निधो गर्छ र वैदेशिक यात्रा रोज्छ।

बैदेशीक यात्रा मा पनि लामै समय दुःख कष्ट बेहोर्दै घरको अवस्थामा केही सुधार ल्याउँछ उसले। बिदेश मै रहँदा पनि हरेक ठाउँमा अल्पत्र नेपाली दाजु भाइलाई सहयोग गर्न निकै रुचाउने उ कहीले एयरपोर्टमा अलपत्र नेपालीको साहारा बन्यो त कहिले कम्पनीहरूले महिनौसम्म तलब नदिएर भोक-काम गर्न बाध्य नेपाली दाजुभाइको साहारा बन्यो।

कहिले कम्पनी छोडेर काम र माम को खोजी मा रहेका दाजुभाइको सहारा बन्यो। यस्तै व्यस्तता का बाबजुत पनि उ कहिले थकित देखिँदैनथ्यो। इमान्दार अनि पौरखी पनि उत्तिकै भएर होला।

कमाईको मेसो पनि राम्रै थियो। तर, उसलाई एउटा कुराले भने अति नै सताउने गर्थ्यो। प्राय: नेपालबाट जाने २२-२५ बर्षे ठिटाहरु भर्खर बिबाह भएको २ महिना भयो, मेरो त ६ महिना भो, एक वर्ष भो भनेर जान्छन् बिचरा ती नयाँ जोडीहरुको हालत टाढा भएर बस्दाको पीडालाई नजिकबाट नियाली रहेको हुन्थ्यो उसले। मनमनै सोच्थ्यो मैले बिबाह गरेर बिदेशीने काम गर्दिन भन्ने कुराले निकै पिरोल्थ्यो उसलाई।

तर के गर्ने उसलाई पनि २०-२२ को जवानी ले किन छोड्थ्यो र? उसको हरेक गतिबिधिलाई कुनै न कुनै माध्यामबाट नियाल्दै आइरहेकी एक जना केटी साथीको प्रपोज आउँछ-“अबीन तिमीलाई मेरो मान्छे बनाउने मन छ” ।

कुराकानी पहिलेदेखि हुने मान्छे तर आज एक्कासी यस्तो कुरा उसले अलि शरम् मान्दै भन्छ बिन्दु नजिस्काउन न मलाई है! हैन हैन मैले जिस्काएकी हैन यदि तपाईंले मेरो कुरा स्वीकार्नु भयो भने मेरोतर्फबाट लास्ट डिसीजन। हैट सात्तै गयो बिचरा उसकाे तर पनि धेरै कोसिशले सम्झायो; ठिकै छ बिबाह गरौंला तर अलिसमय पछि तर सर्त भने पक्का पक्की जस्तै हुन्छ।

तर, बिचरा अबीनको अब भने निदहरण भयो। धेरै पढेलेखेकी आर्थिक पाटो मजबुद भएकी, बाबु कलेजका टिचर, बिचरा म जस्तो अर्काको देशमा आएर काम गर्नु पर्ने मान्छेले यस्तो सुविधा सम्पन्न परिवारकी छोरीलाई के खुसी राख्न सकुँला? यस्तै यस्तै पिरला ले सताई रहन्थ्यो।

तर पनि आफ्नो दाजुसँग बाबु आमासँग मेरो प्रस्ट परिचय दिएर परिचित गराई सकेकी थिई उसले। यस्तै सिलसिला चल्दै थियाे, काम अनी कमाई राम्रै थियो।

तर उसलाई मनमा एक्कासी नयाँ बिचारले पिरोल्न थाल्यो अब म कति समय बिदेश बस्ने? मैले नेपाल मेरो देश छोडेको पनि आठ दश बर्ष भैसके कस्ता भए होलान् ति बाबु आमा? कस्ता भए होलान् ती साना साना छोडेका भाइबहिनी? कस्ता भए होलान ती म खेल्दै हुर्केका पाखा पखेरा खोला नाला?

यस्तै यस्तै प्रश्नले सताउन थाल्यो र उसले सोच्न थाल्यो अब स्वदेश मै गर्छु सकेसम्म नत्र बल्ल फेरि बिदेश लागौला भनठानेर स्वदेश फर्किन्छ। तर के गर्नु स्वदेश को हालत त्यही त हो धेरै समय भौंतारिदा भौतारिँदै एक ब्याबसायमा आफुूलाई समर्पित गर्छ। ब्याबसायक यात्रा पनि राम्रै रुपमा अघी बढी रहेकै थियो। राजधानी तिरै सुरु गरेको ब्याबसाय अती राम्रो भै रहेको थियो।

यस्तै यस्तै दिन बित्दै थिए अब भने उसलाई आफन्त जन अभिभावक सबै तिरबाट बिबाह गर्नुपर्छ, अब भन्ने गुनासो बढ्न थाल्छ तर अबिन भने बिबाह नगर्ने तर्क सुनाउँछ। तर कोही उसको कुरामा सहमत हुँदैनन् अब भने उसलाई धर्म संकट आईलाग्छ।

बिबाह गर्नु उता करीब ६ / ७ बर्ष पहिला देखिको प्रेममा गरिएका बाचा बन्धन नगरौं त यता दिनदिन आफन्त इष्ट मित्रले गर्नु भएको अनुरोध अन्योलमा पर्छ कि भनेर निर्णय लिन बिवश हुन्छ र अन्त्माय आफन्त कै सुझाब र रोहबर बिबाह बन्धनमा बाँधिन्छ।

तर उसको बिबाह भएको केही समय पछि बिन्दु ( पहिलो प्रेमीका ) ले थाहा पाउँछे र अबीनलाई फोन गरेर अनेक बिलौना गर्न थाल्छे। हो अबीन मेरो त पहिल्यै बिबाह भै सक्थ्यो मैले कति पटक बाबा-आमा दाजुले गरेको तयारीलाई अस्वीकार गरेको त तिमीलाई थाहा नै छ। तर पनि तिमी मलाई जानकारी नै नगरी यस्तो गर्र्‍यो भन्दै अनेक बिलौना गर्न थाल्छे नगरोस् पनि कसोरी ?

यता अबिन पनि उस्तै आपत मै परेको थियो आफन्त को अनुरोधलाई अस्वीकार गर्न नसक्दा उसको जीबन मा यस्तो संकट आई लाग्यो। बिन्दुलाई मर्नु न बाँच्नु को क्षण आईलाग्छ। अन्तमा भन्छे ठिकै छ अब तिम्रो खुसी नै चाहने मान्छे म तिमी खुसी हुनु नै मेरो खुसी हो तर म चैं बाँच्न सक्दिन तिम्रै नाममा हाम फालेर मर्छु भन्न थाल्छे।

यता अबिन अनेक अनुरोध र सम्झाई बुझाई गरी केही सान्त पार्छ के गर्ने केही बर्ष पछि बिन्दुको पनि राम्रैसँग बिबाह हुन्छ। यता अबीनको पनि दामपत्य जीवन सुखमय नै हुन्छ। बच्चा बच्ची हरु पनी हुर्किँदै जान्छन्। अहिले अबिनको छोरा पनि राजधानी को एक कलेज कै टपर रहेछ। तर बिडम्बना उसको हरेक खुसीको जग आफै ले बसालेको जिकिर यता उसकै आफन्त अर्थात बराउनी कर्ताको रहिरहन्छ।

मैले यसलाई स्वास्नी खोजी दिएको आज यसको छोरा कलेज टपर भएछ। यता छोरी पनि कक्षा दश मा अध्यानरत छे। उ पनि स्कुल कै अनुसासित बिद्यार्थीका साथै कक्षा को उत्कृष्ट बिद्यार्थी छे। त्यस प्रसंग मा पनि उसका आफन्त अर्थात बराउनी कर्ता को गुनासो मैले त्यसलाई स्वास्नी खोज्देको उसको छोरी कक्षा दश मा उत्कृष्ट छे।

कहिले मैले स्वास्नी खोज्देको अहिले पैसा कमाएका छ्न्। कसैले यसको बुढी त सिधा इमान्दार मेहनति रै छे भन्यो भने मैले स्वास्नी खोज्देको अहिले उसलाई के कम छ रे यस्तै गन्थन सुनी रहन्छ। बिचरा ! अबिन निशब्द हुन्छ एक पटक सोच्न थाल्छ मैले बिबाह गरी सके पछि बिन्दुको अनुरोधलाई स्विकारेर बिन्दुलाई लिएर हिंडेको भए त बराउनी कर्ता लाई पनि केही भनाई अप्ठेरा आउँथे होला नि है ?

बिबाह पहिलै अबिन ले तिनीहरूसंग भने कै थियो मेरो प्रेमीका सात बर्ष देखी प्रतीक्षा मा बसेकी छ भनेर तर अहिले अबिन को केही खुसी देखिहाले भने मैले स्वास्नी खोच्देको भनेर गुनासो गर्नुको के अर्थ अबिनले पनि उनीहरूलाई आफूले सकेसम्म इज्तसम्मान गर्न मा कहिल्यै पछी पर्दैन। मैले अब कहीँ कतै बाटो बिराएँ भने मेरो लागी भनेर हरेक सपोर्ट गरेका मेरा आफन्तलाई पिर पार्ने काम गर्दीन भनेर निकै सतर्क भैरह्यो ।

हो , आज अबिन धेरै सोच्न थाल्छ मैले आफु सक्षम् भएर आफ्नो जीवन को यात्रा तय गर्दै गरेको अबिन जस्तो आफ्नो खुट्टा मा उभीई सकेको मान्छे लाई त मैले खोज्देको भनेर जिन्दगी भर नै ।

उनी हरुको गुनासो सुन्न पर्दो रहेछ भने अली कमजोर स्थीती मा पनि त बिबाह भएकै छ अरुकै लाई लुवाई मै जोड़ी बाँधिए जिन्दगी चलाएकै छन् तिनी हरुलाई झन् कस्ता गुनासा टोकसा दुखेसा आउँछन् होला ? यी र यस्तै यस्तै कुराले अबिन लाई पिरोली रहन्छ अहिले।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *