इलाम-१ (१) मा एकीकृत समाजवादीका लिम्बु र (२) मा कांग्रेसका राई निर्वाचित

डिसी नेपाल
११ मंसिर २०७९ २०:१५

इलाम । इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् ।

प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा(एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरे ।

लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री छन् । एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गरे ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *