इरानको रिभोलुसनरी गार्ड मिलिसियाका सदस्यको गोली हानी हत्या
एजेन्सी । इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ ।
इस्लामिक गणतन्त्र दुई महिनाभन्दा बढी लामो आन्दोलनले तनावग्रस्त छ । आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको डेपुटी स्थानीय गभर्नर मोहम्मद–रेजा जन्नेसरीले बताएको इरना समाचार एजेन्सीले जनाएको छ।
यस्तै नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार चलाएर एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको हत्या गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment