टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा
काठमाडौँ। विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ। भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५-५ पुरुष-महिला खेलाडी सहभागी हुने बताइएको छ।
पुरुष-महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ। पुरुष-महिलामा १६-१६ खेलाडी छनोट हुने छन्।
नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन्। महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन्। खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइ रहेका छन्।
शंकर गौतमले प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाएका छन्।
प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविकोलगायतका संस्था प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment