इङ्ल्याण्डले टेस्टमा पनि एकदिवसीयजस्तो ब्याटिङ गरेपछि…

डिसी नेपाल
१५ मंसिर २०७९ १६:०३

काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा बिहीबार (डिसेम्बर १) देखि इंग्ल्याण्ड र पाकिस्तानबीचको ऐतिहासिक टेस्ट सिरिज सुरु भएको छ । अघिल्लो दिन इंग्ल्याण्डका खेलाडी बिरामी भएको खबर आएपछि टेस्टमा केही संकट परेको देखिए पनि यो खेल निर्धारित समयमा सुरु भएको थियो । यस खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गरेको छ । टेस्ट म्याचमा एकदिवसीयमा जस्तै ब्याटिङ गरेपछि पाकिस्तानी बलिङ पनि ध्वस्त भएको छ ।

इंग्ल्याण्डका लागि दुवै ओपनरले शानदार शतक प्रहार गरे र पहिलो ३५ ओभरमा मात्रै स्कोरलाई २२५ रनमा पुर्याए । इंग्ल्याण्डका ज्याक क्राउलीले १२२ र बेन डकेटले १०७ रन बनाए । यी दुईबीच ३५.४ ओभरमा मात्रै २३३ रनको साझेदारी भयो र यस क्रममा पाकिस्तानी बलरले पानी मागेको देखियो ।

जब ब्रेन्डन म्याकुलम इंग्ल्याण्डको टेस्ट टिमको प्रशिक्षक बने, तब ब्याजबल शब्द निकै चर्चित भयो। यसको मतलब आक्रामक क्रिकेट खेल्नु थियो र रावलपिंडी टेस्टको पहिलो दिन इङ्ल्यान्डका दुवै ओपनरले त्यही गरे। इङ्ल्यान्डले ९औँ ओभरमा ५० रन, १४औँ ओभरमा १०० रन र ३०.१ ओभरमा २०० रन पुरा गरेको थियो, यस्तो दृश्य टेस्टमा नभई एकदिवसीयमा मात्रै देखिन्छ ।

इंग्ल्याण्डका ज्याक क्राउलीले आफ्नो इनिङ्समा १११ बलमा २१ चौका सहित १२२ रन बनाएका थिए, उनले लंचअघि आफ्नो टेस्ट शतक पूरा गर्ने मौका पाएका थिए। तर लंचको केही ओभरअघि उनको ब्याटिङ केही सुस्त भयो र उनी ९० रनमा अविजित रहेर शतक पूरा गर्न लञ्चपछि फर्किए । क्राउलीले लञ्चअघि शतक प्रहार गरेको भए उनी टेस्टको पहिलो सत्रमा शतक बनाउने विश्वका सातौं खेलाडी बन्ने थिए। अहिलेसम्म ४ अस्ट्रेलियाली, एक पाकिस्तानी र एक भारतीय (शिखर धवन) ले यो कीर्तिमान बनाएका छन् ।

रावलपिंडी टेस्टका लागि तयार पारिएको यस्तो पिचको चौतर्फी आलोचना भएको थियो । पहिलो दिनमै पिचमा बलको कुनै हलचल नभएको भन्दै कमेन्ट्री गरिरहेका इंग्लिस कमेन्टेटर नासिर हुसेनले पनि यो पिचलाई सडकको संज्ञा दिए । इंग्ल्याण्डको टोलीले करिब डेढ दशकपछि पाकिस्तानमा टेस्ट खेल खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *