त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

डिसी नेपाल
१६ मंसिर २०७९ १८:२३

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली नामिबियालाई जितका लागि १९८ रनको मध्यम लक्ष्य दिएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १९७ रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन् ।

त्यस्तै अर्जुन साउदले र गुलशन झाले समान १८ ÷१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए ।

नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए । त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक एक विकेट लिए । नामिबिया अहिले जवाफी व्याटिङमा उत्रेको छ । नामिबियाले शून्य दशमलव ४ ओभरमा विना विकेट ४ रन बनाउँदा पानी परेर अहिले खेल रोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *