स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित

डिसी नेपाल
१८ मंसिर २०७९ १९:५०

काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।

नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए ।​

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *