फुटबल विश्वकपकी सबैभन्दा हट फ्यान अचानक बेपत्ता ! हेर्नुहोस् उनका २५ तस्वीरहरू

डिसी नेपाल
१९ मंसिर २०७९ १२:२१

काठमाडौं । कुनै समय फिफा विश्वकपकी सबैभन्दा हट फ्यानको रुपमा चिनिने पूर्व प्लेब्वाय मोडल तथा एडल्ट स्टार अहिले अन्धकारको जीवन बिताइरहेकी छिन् । यो वर्ष उनले यो प्रतियोगिताबाट टाढै बसेको विश्वास गरिन्छ ।

उनी अहिलेसम्म कतारमा देखिएकी छैनन् । यी मोडल इंग्लिस फुटबल क्लब चेल्सीलाई सपोर्ट गरेको कारण पनि चर्चामा आएकी थिइन् । यी मोडलको नाम मारिया लिमन हो । उनी ४ वर्षअघि २०१८ फिफा विश्वकपमा पहिलो पटक चर्चामा आएकी थिइन् ।

२०१८ फिफा विश्वकप रूसमा आयोजित भएको थियो। उनी घरेलु मैदानमा आफ्नो देशलाई समर्थन गरेको देखिएकी थिइन् । मारियाले टूर्नामेंटभरि आफ्नो राष्ट्रिय टोलीलाई पछ्याइन्। अन्तिम १६ मा रुसी टोलीले स्पेनलाई हराउँदा मारियाले बोल्ड तस्विर शेयर गरेर फ्यानलाई पागल बनाएकी थिइन् ।

विश्वकप सकिएपछि उनी सन् २०१९ मा बेलायत गएकी थिइन् । उनले इंग्लिस क्लब चेल्सीलाई समर्थन गर्न थालेकी थिइन् । उनी पश्चिम लन्डनमा रहेको क्लबको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा नियमित रूपमा टोलीलाई समर्थन गरिरहेको देखिएकी थिइन्।

यस क्रममा पूर्व प्लेब्वाय मोडल र एडल्ट स्टार मारियाले क्लबको मैदानमा धेरै ग्लैमरस तस्बिरहरू क्लिक गरिन् र इन्स्टाग्राममा पनि सेयर गरिन् । पछिल्लो पटक उनी २४ जनवरीमा चेल्सीलाई समर्थन गर्दै इन्स्टाग्राममा देखिएकी थिइन् ।

सन् २०२२ अघि इन्स्टाग्राममा निकै सक्रिय रहेकी मारिया अब यो प्लेटफर्ममा पटक्कै सक्रिय छैनन् । उनले अन्तिम पोस्ट 24 फेब्रुअरीमा गरेकी थिइन् । जसमा उनी युक्रेन र रुसबीच भाइचाराको सन्देश दिँदै आएकी थिइन् ।

यो वर्षको सुरुमा रुसले युक्रेनमा हमला गरेको थियो । र अहिलेसम्म दुई देशबीच द्वन्द्व चलिरहेको छ । मार्च २०२२ मा, मारियाले पुटिनलाई युद्ध रोक्न अनुरोध गरिन्। त्यसपछि उनले लेखिन्– म शान्त वातावरण चाहन्छु ।

विशेष कुरा के छ भने युक्रेनमा भएको आक्रमणका कारण रुसको फुटबल टोलीले २०२२ फिफा विश्वकपमा प्रवेश पाएको छैन । यही कारणले गर्दा मारिया यस वर्षको फिफा विश्वकपमा पनि नदेखिएको मानिन्छ । उनी लण्डनमा रहेको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *