राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो

डिसी नेपाल
१९ मंसिर २०७९ १७:५३

काठमाडौं । लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । सुदूरका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए । दीपक बोहोराले २५ रन बनाए भने अनुराग सिंहले २२ रन जोडे ।

यता लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ र अभिषेक गौतमले समान १÷१ विकेट विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन जोडे ।

सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ५ विकेट लिए भने हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिए । यस उपाधिसँगै सुदूरले रु दुई लाख प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको लुम्बिनीले रु एक लाख पायो । यही मङ्सिर ७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित सात प्रदेशको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *