रोनाल्डो किन्‍न साउदी क्लब तयार

डिसी नेपाल
२० मंसिर २०७९ ९:१६
2.5k
Shares

काठमाडौँ। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ। कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ।

नासरले रोनाल्डोको लागि २० कराेड युराे खर्च गर्न तयार भएको हो। उनले सम्झौता एक वर्षको गर्ने बताएको छ। ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन्। पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन्।

गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो। तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन्। हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन्। उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *