टि-२० विश्वकप खेल्न आउने पाकिस्तानको क्रिकेट टोलीलाई भारतले भिसा दिएन

डिसी नेपाल
२१ मंसिर २०७९ ११:४२

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतले टि–२० विश्वकपका लागि आफ्नो नेत्रहीन क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको दाबी गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतमा हुने टि-२० विश्वकपमा सहभागी हुन जाँदै गरेको हाम्रो नेत्रहीन क्रिकेट टोलीलाई भिसा नदिँदा पाकिस्तानले खेद व्यक्त गरेको छ। भारतको यो निर्णयका कारण पाकिस्तानी खेलाडीहरूले महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनबाट वञ्चित हुनेछन्। यसले शारीरिक रूपमा अपाङ्गता भएकाहरूका लागि खेलकुद प्रवर्द्धनमा भारतको असंवेदनशीलता देखाउँछ।”

“खेलकुदलाई राजनीतिकरण गर्नु हुँदैन। हामीले भारतसँग आफ्नो आपत्ति राखेका छौं।”

यो बयान पछि, समाचार एजेन्सी पीटीआईले मंगलबार राती अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि केन्द्रीय गृह मन्त्रालयले कुल ३४ खेलाडी र पाकिस्तान ब्लाइन्ड क्रिकेट टोलीका सदस्यहरूलाई भिसा जारी गर्न अनुमति दिएको छ।

यस ट्वीटमा पाकिस्तानी नेत्रहीन क्रिकेट टोलीले जवाफमा लेखेको छ कि भारतको गृह मन्त्रालयले डिसेम्बर ३ मा नै भिसा जारी गर्न अनुमति दिएको थियो तर परराष्ट्र मन्त्रालयले गत शनिबार क्लियरन्स दिन अस्वीकार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *