नेपालको खराब ब्याटिङ, नामिबियाको फराकिलो जित

डिसी नेपाल
२१ मंसिर २०७९ २०:५१

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ८६ रनले पराजित भएको हो । २७६ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ४६.५ ओभरमा सबै विकेट गुमाएर १८९ मा समेटियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ३० रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

नामिबियाका मिचेल भान लिंगेनले सतक प्रहार गरे । उनले १११ बलमा १५ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए । यस्तै कप्तान जेरार्ड इरासमसले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए ।

नेपालका लागि स्पिनर ललित राजवंशीले ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३६ रन दिए । यस्तै सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए ।

नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित बन्दा अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाल बलियो स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *