भारत अमेरिकाको सहयोगी मात्र होइन, महाशक्ति बन्छः अमेरिका
काठमाडौं । अमेरिकाको जो बाइडेन प्रशासनका एक उच्च अधिकारीले बिहीबार भारत आगामी दिनमा विश्वको महाशक्ति बन्ने बताएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकी अधिकारी कर्ट क्याम्पबेलले एस्पेन सेक्युरिटी फोरममा भारतसँग सम्बन्धित प्रश्नमा यस्तो बताएका हुन् ।
उनले भने, “भारतको विशेष रणनीतिक स्थिति छ। यो अमेरिकाको सहयोगी (केवल) हुनेछैन। यो एक स्वतन्त्र र शक्तिशाली देश बन्न चाहन्छ। र यो महाशक्ति बन्नेछ। तर मलाई लाग्छ हाम्रो रणनीतिक साझेदारी हरेक क्षेत्रमा बढ्नेछ।”
क्याम्पबेलले दुई देशबीचको बढ्दो साझेदारीलाई निकै महत्त्वपूर्ण भएको बताए।
उनले भने, “मलाई लाग्दैन कि भारत र अमेरिकाबीचको रणनीतिक साझेदारी विगत २० वर्षमा जुन गतिमा गहिरो र सुदृढ भएको छ त्यो अन्य कुनै देशसँग आएको छ।”
उनले भारत र अमेरिकाबीचको सम्बन्ध चीनसँगको चासोमा मात्र आधारित नभएको बताए । सोही अवसरमा क्याम्पबेलले भारत सरकार क्वाडको बारेमा विश्वस्त नभएको स्वीकार गरे।
उनले भने, “उनीहरू (भारतीय) नोकरशाहीमा केही व्यक्तिहरू क्वाडको पक्षमा थिएनन्। तर जब राष्ट्रपति बाइडेनले बारम्बार सीधा पीएम मोदीलाई अपील गरे, उनले निर्णय गरे कि यो उनको पक्षमा थियो।”
यसका साथै उनले भने, “मलाई लाग्छ सम्बन्धमा केही महत्वाकांक्षा हुनुपर्छ। हामीले सँगै गर्न सक्ने कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, चाहे त्यो अन्तरिक्ष क्षेत्र होस् वा शिक्षा, प्रविधि र जलवायु परिवर्तन। यस्ता क्षेत्रमा मिलेर काम गरेर अगाडि बढ्छौं।”







डिसी नेपाल







Facebook Comment