चुनाव जित्नु मात्र ठूलो कुरा होइन : अध्यक्ष नेपाल

डिसी नेपाल
२४ मंसिर २०७९ १५:२७

भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासामू चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू आजको आवश्यकता रहेको बताएका छन् ।

शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू मूख्य कुरा भएको बताएका हुन् । उनले जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत आग्रह गरे । अध्यक्ष नेपालले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए।

उनले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसकेपनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताए । उनले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका कांग्रेसका सांसद दुर्लभ थापाले मंसिर ४ को निर्वाचन मार्फत स्थिर सरकार निर्माण गरी सम्वृद्धिको बाटो तर्फ लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले देशले अब बन्द, हड्ताल र अस्थिरता थेग्न नसक्ने भन्दै स्थायित्व मार्फत सम्वृद्धितर्फ जानुको विकल्प नरहेको समेत बताए ।

त्यस्तै थापाले अहिले किसानलाई समयै मल उपलब्ध गराउन नसकिएको भन्दै जनताका सामान्य मागलाई सम्बोधन गर्न सके अर्को निर्वाचनपछि मुलुकले आर्थिक रुपमा फड्को मार्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *