राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिकमा पठाउने सांसदको नाम (सूचीसहित)

डिसी नेपाल
२४ मंसिर २०७९ १५:५९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ सांसदको टुंगो लगाएको छ । उसले आज बसेको केन्द्रीय समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो ।

जसअनुसार खसआर्यतर्फ डा.चन्दा कार्की,डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायतलाई चयन गरेको छ । दलिततर्फ सन्तोस परियार र शिव नेपालीलाई छनोट गरेको छ ।

यस्तै आदिवासी जनजातीतर्फ डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठलाई चयन गरेको छ ।
मधेशीतर्फ लक्ष्मी तिवारी र मनिष झा रहेका छन् भने थारुतर्फ अशोककुमार चौधरी र मुस्लिमतर्फ असिम साह रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *