एकीकृत समाजवादीले टुंगो लगायो प्रदेशतर्फ ९ सांसद, को को परे ?

डिसी नेपाल
२४ मंसिर २०७९ १६:१८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समानुपातिमातर्फ प्रदेशमा पाएको ९ सांसदको टुङ्गो लगाएको छ ।

राष्ट्रिय दल बन्न नसके पनि एकीकृत समाजवादीले प्रदेशतर्फ भने समानुपातिकमा ९ सिट जितेको छ । एकीकृत समाजवादीले वाग्मती प्रदेशमा काठमाडौंका ओमकुमारी श्रेष्ठ र धादिङका मायादेवी श्रेष्ठ चयन गरेको छ । प्रदेश १ मा विद्या चाम्लिङ, मधेस प्रदेशमा धनुषाका रत्नेश्वर गोइत, रौतहटका किशोरी देवी र बाराका लक्ष्मीदेवी चयन भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा भगवती अधिकारी घिमिरे, कर्णालीमा कल्याणी खड्का र सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरका माया पन्तको नाम चयन गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *