घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित

डिसी नेपाल
२४ मंसिर २०७९ १६:४६

काठमाडौ । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ ।

आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

भुसालले पार्टीले  टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी  दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *