लास्कर ज्वालामुखी सक्रिय भयो, अधिकारीहरूले चेतावनी जारी गरे
काठमाडौं । चिलीका अधिकारीहरूले देशको उत्तरमा रहेको लास्कर ज्वालामुखी सक्रिय भएको र करिब छ किलोमिटर (छ हजार मिटर) उचाइमा धुवाँ निस्किरहेको चेतावनी दिएका छन्। शनिबार हल्का भूकम्पपछि एन्डिज पहाडी क्षेत्रमा रहेको यो ज्वालामुखी सक्रिय भएको छ ।
यस सम्बन्धमा अधिकारीहरूले चेतावनीको स्तर बढाएका छन्। राष्ट्रिय भूविज्ञान र खानी सेवाका अनुसार यो ज्वालामुखी ‘अस्थिर’ बनेको छ र अधिकारीहरूले यसबाट निस्कने विष्फोट र धुवाँको निरन्तर निगरानी गरिरहेका छन् ।
लस्कर ज्वालामुखीबाट तातो ग्यास र खरानीको धुवाँ निस्कने क्रम जारी छ। यद्यपी यसका कारण आसपासका क्षेत्रमा अहिलेसम्म कुनै क्षतिको खबर नआएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरूले ज्वालामुखी वरपरको पाँच किलोमिटरको दायरालाई प्रवेश निषेधित क्षेत्र घोषणा गरेका छन्।
देशको उत्तरमा अवस्थित लस्कर विश्वको सबैभन्दा सुख्खा ठाउँ अटाकामा मरुभूमिबाट करिब ७० किलोमिटर टाढा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment