चर्चित बक्सर माइक टाइसन र डीजे खालिदले मक्कामा उमराह गरे
काठमाडौं । अमेरिकी डीजे र र्यापर डीजे खालिदले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेका छन् जसमा उनी अमेरिकी बक्सर माइक टाइसनसँग उमराह गर्दै देखिएका छन् ।
सार्वजनिक भएको भिडियोमा माइक टाइसन र खालिद साउदी अरेबियाको मक्कास्थित काबामा उम्राह गर्दै देखिएका छन् । पूर्व हेवीवेट च्याम्पियनले जेलमा समय बिताइरहेका बेला १९९२ मा इस्लाम धर्म परिवर्तन गरेको भनिन्छ।
भिडियोसँगै डीजे खालिदले लेखेका छन्, “म मक्का पुग्दा मेरो आँखा खुसीले भरिएका थिए। जीवनभर म मक्कामा प्रार्थना गर्न र अल्लाहप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।”
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment