ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध
ग्वाटेमाला सिटी। मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ। विस्फोटपछि लाभा र खरानी फैलिएको छ। आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न बाध्य पारेको छ।
फुएगो नामको ज्वालामुखी शनिबार र आइतवार राति सक्रिय भयो। पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो। बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटी तर्फ पुर्याएको थियो।
राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ। धावनमार्गनजिकै खरानी फैलिएको थियो। कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment