अफगानिस्तान-पाकिस्तान सीमामा गोली हानाहान, ६ जनाको मृत्यु, १७ घाइते

डिसी नेपाल
२६ मंसिर २०७९ ११:५७
40
Shares

काठमाडौं । अफगानिस्तानको सीमामा अफगान सुरक्षा बलसँगको भिडन्तमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको र १७ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानको बलुचिस्तान र अफगानिस्तानको कान्दाहार प्रान्तको सिमानामा रहेको चमन चौकीमा उक्त भिडन्त भएको हो ।

पाकिस्तानले अफगानिस्तानबाट कुनै उक्साहट बिना हमला भएको र त्यहाँको सीमा सुरक्षा बलले उचित जवाफ दिएको बताएको छ ।

पाकिस्तानले पाकिस्तानी सीमा सुरक्षा बलले सर्वसाधारणमाथि आक्रमण नगरेको बताएको छ ।

पाकिस्तानले तालिबान प्रशासनसँग सम्पर्क गरेको र यस्तो घटना दोहोरिन नदिने ग्यारेन्टी मागेको बताएको छ।

एक महिनाअघि पनि सीमा क्षेत्रमा यस्तै गोली हानाहानमा एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो ।

अफगानिस्तानमा पहिले तालिबान शासन आएपछि त्यसलाई मान्यता दिने केही देशमध्ये पाकिस्तान पनि एक थियो।

तर वर्तमान तालिबान प्रशासनसँग पाकिस्तानको सम्बन्ध उतार-चढावले भरिएको छ।

पाकिस्तानी सेना पनि पाकिस्तानी तालिबान लडाकुहरू विरुद्ध लडिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *