पाकिस्तानी प्रधानमन्त्रीले अफगानिस्तानलाई भने–फेरि यस्तो नहोस्

डिसी नेपाल
२६ मंसिर २०७९ १२:१४

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सीमामा तनाव बढेको छ । आइतबार चमनमा अफगान सीमा बलको गोलीबारीमा कम्तीमा ६ पाकिस्तानी मारिएका छन् भने १७ जना घाइते भएका छन् । पाकिस्तानी मिडियामा अहिले मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ ।

पाकिस्तानी सेनाले अफगान सीमा बलले सीमामा अनावश्यक रूपमा आक्रामक अडान लिएको र त्यसको गोलीबारीमा कम्तीमा छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको बताएको छ।

पाकिस्तानी सेनाले आफ्नो विज्ञप्तिमा आफ्नो पक्षबाट पनि जवाफी फायरिङ गरिएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले यस्तो मनोवृत्तिले दुई देशबीच भाइचारा सम्बन्ध हुन नसक्ने बताएको छ ।

अफगानिस्तानसँगको सीमामा रहेको चमन क्षेत्रमा अफगान सीमा बलको गोलीबारीमा ६ पाकिस्तानी मारिएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले कडा प्रतिक्रिया व्यक्त गरेका छन् ।

शाहबाज शरीफले ट्वीट गरे, “अफगान सीमा बलको अनावश्यक गोलीबारीका कारण चमनमा धेरै पाकिस्तानीहरू शहीद भएका छन् र एक दर्जनभन्दा बढी घाइते भएका छन्। यो दुर्भाग्यपूर्ण छ र म यसको घोर भर्त्सना गर्दछु। अफगानिस्तानको अन्तरिम सरकारले यस्तो घटना दोहोरिन नदिन सुनिश्चित गर्नुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *