सिरियामा अमेरिकी हेलिकप्टरको आक्रमणमा दुई आइएस लडाकु मारिए

डिसी नेपाल
२६ मंसिर २०७९ १२:४८

काठमाडौं । अमेरिकी सेनाले पूर्वी सिरियामा गरेको हेलिकोप्टर आक्रमणमा इस्लामिक स्टेट समूहका दुई नेता मारिएको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्तिमा मारिएका दुईमध्ये एकको नाम अनास रहेको बताइएको छ, जो यस क्षेत्रमा इस्लामिक स्टेटको गतिविधिका लागि जिम्मेवार थिए ।

सेन्ट्रल कमाण्डले यो हमलामा कुनै पनि नागरिकको ज्यान नगएको र कोही घाइते नभएको विश्वास गरेको बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले समय समयमा यस्ता हमला गरिरहन्छ । पेन्टागनले भनेको छ कि त्यस्ता आक्रमणहरूले उनीहरूले इस्लामिक स्टेटका कार्यहरूलाई चोट पुर्‍याएको छ।

योसँगै टर्कीले पनि सिरियामा कुर्द लडाकुविरुद्ध अभियान चलाइरहेको छ । गत महिना अमेरिकाले आफ्ना समर्थक कुर्द लडाकुहरूमाथि भएका यी आक्रमणका कारण अमेरिकी सेना पनि जोखिममा रहेको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *