जाम्बियामा सडक छेउमा २७ आप्रवासीको शव भेटियो

डिसी नेपाल
२६ मंसिर २०७९ १३:१५
20
Shares

काठमाडौं । जाम्बियाको राजधानी लुसाका नजिकै सडक किनारमा २७ जनाको शव फेला परेको छ । मारिनेहरू इथियोपियाबाट आएका आप्रवासी भएको अनुमान गरिएको छ । आइतबार बिहान ६ बजेतिर स्थानीयले शव फेला पारेका थिए ।

जाम्बियन प्रहरीका अनुसार घटनास्थलमा एक व्यक्तिको सास फेर्दै थि], जसलाई अस्पताल लगिएको छ। सबै २८ जना पुरुष रहेको र उनीहरुको उमेर २० देखि ३८ वर्षको बीचमा रहेको प्रहरीले जनाएको छ ।

अन्यको पनि यात्राकै क्रममा मृत्यु भएको अनुमान गरिएको छ । प्रारम्भिक अनुसन्धानमा अज्ञात व्यक्तिले ती व्यक्तिलाई सडक किनारमा फालेको प्रहरीको भनाइ छ ।

जाम्बिया उत्तर अफ्रिका (हर्न अफ अफ्रिका) बाट दक्षिण अफ्रिका जाने आप्रवासीहरूको मार्गमा पर्छ। यस वर्ष अक्टोबरमा प्रहरीले छिमेकी मलावीमा एउटा चिहानबाट २५ वटा शव फेला पारेको थियो। यी पनि इथियोपियाबाट आएका आप्रवासीहरूका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *