भुपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको सपथ ग्रहण गरे, समारोहमा प्रधानमन्त्री मोदी सहभागी

डिसी नेपाल
२६ मंसिर २०७९ १४:५९

काठमाडौं । भुपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको सपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

गुजरातको राजधानी गान्धीनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । गुजरात विधानसभामा भाजपाले लगातार सातौं पटक सरकार बनाएको छ। विधानसभा चुनावमा, बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ।

मुख्यमन्त्री पटेलसँगै हर्ष सिंघवी, जगदीश विश्वकर्मा, नरेश पटेल, राघवजी पटेल र कुवरन्जी बावलियालगायत धेरै नेताहरूले मन्त्रीको सपथ लिएका छन्।

सपथ समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य केन्द्रीय मन्त्रीहरू उपस्थित थिए। यी बाहेक भाजपा प्रमुख जेपी नड्डा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत धेरै नेताहरू सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *