केन विलियमसनले टेस्ट कप्तानबाट राजीनामा दिए
काठमाडौं । न्यूजिल्याण्ड क्रिकेट टिमका महान ब्याट्सम्यान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाड्ने निर्णय गरेका छन् ।
केनको स्थानमा न्युजिल्याण्डको टेस्ट टिमको कमाण्ड अब बलर टिम साउथीलाई सुम्पिएको छ । यद्यपि केन एकदिवसीय र टी–२० ढाँचामा न्यूजिल्याण्डको कप्तान रहनेछन् ।
न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छोड्ने बारे केन विलियम्सनले भने, ‘टेष्टको कप्तानी छोड्ने निर्णय गर्ने यो सही समय हो । टेस्ट टिमको कप्तानी गर्नु मेरो लागि सौभाग्यको कुरा हो। टेस्ट क्रिकेट मेरो लागि सबै भन्दा माथि हो र मैले यसको कप्तानको रूपमा आएका चुनौतीहरूको आनन्द उठाएको छु।’
“कप्तानको हैसियतमा तपाईको काम झन् बढ्दै गइरहेको छ। मेरो करियरको यो बिन्दुमा, मलाई टेस्ट कप्तानबाट राजीनामा दिने सही समय हो।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment