गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती

डिसी नेपाल
२९ मंसिर २०७९ १९:३५
28
Shares

कीभ । रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको ज्यान लिएको छ भने खेरसान क्षेत्रमा विद्युत कटौती भएको छ । राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् ।

क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्– ‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् । आक्रमणले शहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ ।’

शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ। रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब तीन लाख जनसङ्ख्या भएको खेरसनलाई कब्जामा लिएको थियो।

यद्पि युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्त्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *