थाइल्याण्डकी राजकुमारी मुटु रोगका कारण बेहोस !
काठमाडौं । थाइल्याण्डका महाराजाकी जेठी छोरी मुटु रोगका कारण बेहोस भएकी छिन् । थाइल्याण्डको शाही दरबारले यो जानकारी दिएको हो ।
राजकुमारी बज्रकित्यभा आफ्नो कुकुरलाई तालिम दिने क्रममा बेहोस भइन् । ४४ वर्षीया राजकुमारीलाई पहिले नजिकैको अस्पताल लगियो, त्यसपछि हेलिकप्टरबाट बैंकक लगियो । उनको त्यहीँ उपचार भइरहेको छ ।
दरबारले उनको अवस्थाको बारेमा भन्यो कि यो “निश्चित हदसम्म स्थिर” छ।
बीबीसीका जोनाथन हेडले दरबारबाट आउने स्वास्थ्य अपडेटहरू सामान्यतया स्पष्ट नहुने भएकाले राजकुमारीको स्वास्थ्यबारे सही जानकारी पाउन कठिन भएको बताए।
थाइल्याण्डका राजा वजिरालोङकर्नले आफ्नो उत्तराधिकारीको नाम भने घोषणा गरेका छैनन् तर राजकुमारी बज्रकित्यभालाई उनको सबैभन्दा उपयुक्त उत्तराधिकारीको रूपमा हेरिएको छ।







डिसी नेपाल







Facebook Comment