बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

डिसी नेपाल
२ पुष २०७९ ७:१७
172
Shares

क्वालालम्पुर। मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन्।

बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो। पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए।

सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए। फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए। १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ। मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *