कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि चीनमा पहिलो पटक दुई जनाको मृत्यु

डिसी नेपाल
२ पुष २०७९ ८:१९
36
Shares

बेइजिङ। कोभिड-१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरुको मृत्यु भएको छ। सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो।

पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *