भारतले अग्नि-५ ब्यालेस्टिक मिसाइल परीक्षण गर्‍यो

डिसी नेपाल
२ पुष २०७९ १०:०१

काठमाडौं । भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ ।

समाचार एजेन्सी पीटीआईले यससँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उसका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ ।

ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो कथित परीक्षण भारत-चीन सीमामा तनाव भइरहेको बेला गरिएको हो। यद्यपी यस परीक्षणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।

अग्नि-४ को ४,००० किमी सम्मको रेन्ज छ भने अग्नि-३ ले ३,००० किमी सम्म मार गर्न सक्छ। जुन महिनामा भारतले आणविक क्षमताको अग्नि-४ को सफल परीक्षण गरेको थियो।

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ । मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो ।

अप्रिलमा, ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको एन्टी-शिप संस्करण भारतीय नौसेना र अण्डमान र निकोबार कमाण्डले संयुक्त रूपमा परीक्षण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *