गाम्बियामा ६६ बालबालिकाको ज्यान लिने कफ सिरपको भारतले बचाउ गर्‍यो

डिसी नेपाल
२ पुष २०७९ १०:०३

काठमाडौं । भारत सरकारले गाम्बियामा बालबालिकाको ज्यान लिने चारवटा ब्रान्डका कफ सिरप भारतमा परीक्षणका क्रममा सुरक्षित भेटिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अक्टोबरमा मेडेन फार्मास्युटिकल्सले बनाएको कफ सिरपका चार ब्रान्ड ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित हुनसक्ने बताएको थियो।

तर भारतीय औषधि नियन्त्रकले विश्व स्वास्थ्य संगठनले यस सम्बन्धमा कुनै प्रमाण पेश नगरेको पत्रमा उल्लेख गरेको छ । भारत अफ्रिकामा जेनेरिक औषधिको प्रमुख आपूर्तिकर्ता हो।

भारतका ड्रग कन्ट्रोलर जनरल डा वीजी सोमानीले यस सम्बन्धमा विश्व स्वास्थ्य संगठनमा नियामक जिम्मेवारी सम्हालिरहेका रोजेरियो गास्परलाई १३ डिसेम्बरमा पत्र लेखेका छन्। भारतको स्वास्थ्य विभागले यो पत्र पत्रकारहरूसँग साझा गरेको छ।

विश्व स्वास्थ्य संगठनले यी सिरपको नमूना परीक्षण गरेको थियो, जसमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल अस्वीकार्य मात्रामा भेटिएको थियो।

डाईथिलीन ग्लाइकोल र इथिलीन ग्लाइकोल मानवका लागि विषाक्त पदार्थ हुन् जसको सेवनले ज्यान लिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *