पाकिस्तानले रुसबाट सस्तो तेल ल्याउन खोजेको छैन : बिलावल भुट्टो

डिसी नेपाल
२ पुष २०७९ १०:०४

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले पाकिस्तानले रुसबाट सस्तो उर्जा ल्याउने प्रयास नगरेको बताएका छन् ।

अमेरिकी समाचार संस्था पीबीएसलाई दिएको अन्तर्वार्तामा बिलावल भुट्टोलाई सोधिएको थियो कि पाकिस्तानले हालै रुसबाट सस्तो तेल किन्न खोजेको घोषणा गरेको छ र पाकिस्तान र चीनबीचको सम्बन्ध पनि मजबुत भएको छ, त्यसैले पाकिस्तानले अमेरिकाविरुद्ध गएर आफ्ना राजनीतिक प्रतिद्वन्द्वीसँग व्यापार गर्न सक्छ कि सक्दैन ?

यस प्रश्नको जवाफमा बिलावल भुट्टोले पाकिस्तान र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको र दुई देशबीचको सम्बन्धमा आर्थिक साझेदारी महत्वपूर्ण पक्ष भएको बताए । बिलावल भुट्टोले पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध पनि निकै पुरानो रहेको बताए ।

त्यसैले पाकिस्तानको चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध रहेको उनले बताए । तर, बिलावल भुट्टोले पाकिस्तानले रसियाबाट सस्तो ऊर्जामा केही नपाएको र त्यसका लागि प्रयाससमेत नगरेको बताए ।

बिलावल भुट्टोले भने कि पाकिस्तान कठिन आर्थिक अवस्था र मुद्रास्फीतिको सामना गरिरहेको छ जसमा ऊर्जा क्षेत्र पनि कमजोर छ र यो आवश्यकता पूरा गर्न विभिन्न उपायहरू विचार गरिरहेको छ।

बिलावल भुट्टोले पाकिस्तानलाई रुसबाट उपलब्ध कुनै पनि प्रकारको उर्जा प्रयोगयोग्य बनाउन समय लाग्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *