विश्वकपको समापन समारोहमा नोरा फतेहीको प्रस्तुती रहने

डिसी नेपाल
३ पुष २०७९ १५:४८

काठमाडौं । फिफा विश्वकप २०२२ सकिन अब एक दिन मात्र बाँकी छ। प्रतियोगिताको फाइनल आज अर्जेन्टिना र फ्रान्सबीच हुनेछ । त्यसअघि समापन समारोह हुने भएको छ ।

यस समारोहमा रंगारंग कार्यक्रम आयोजना गरिने छ, जसमा नोरा फतेहीको नृत्य पनि देख्न सकिनेछ । फाइनल खेल हुनुभन्दा करिब दुई घण्टा अगाडि समापन समारोह हुने र यसमा धेरै कलाकारहरुको सहभागिता रहने सम्भावना छ ।

नेपाली समय अनुसार साँझ ६:४५ बजे समापन समारोह हुने र यसमा नोरा फतेहीले नृत्य गर्ने पक्का भएको छ । यसमा अरु धेरै कलाकारको पनि प्रस्तुती रहने सम्भावना छ तर हाल फिफाले पूर्ण सूची सार्वजनिक गरेको छैन ।

फ्यानहरूले सुपरस्टारहरूलाई उद्घाटन समारोहमा देखेका छन्, जसमा मोर्गन फ्रीम्यान जस्ता दिग्गजहरूले प्रदर्शन गरेका थिए। उद्घाटन समारोहमा प्रसिद्ध कोरियाली पप ब्यान्ड बीटीएसका एक कलाकार पनि सहभागी थिए।

लियोनेल मेस्सी आफ्नो करियरको अन्तिम विश्वकप खेल्दै छन् र उनले विश्वकप उपाधिसँगै आफ्नो करियरको अन्त्य गर्न सक्दो प्रयास गर्नेछन् । मेस्सीले सन् २०१४ मा आफ्नो टोलीलाई फाइनलमा पुर्‍याएका थिए तर त्यतिबेला उनको सपना जर्मनीले तोडेको थियो ।

यस पटक उनले फ्रान्सको सामना गर्दैछन् र उनले उपाधि जित्न सक्दो प्रयास गर्नेछन् । मेस्सीले विश्वकपमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् र उनको टोलीको खेल पनि उत्कृष्ट रहेको छ । टोलीका हरेक खेलाडीले उपाधि जितेर मेस्सीलाई बिदाइ गर्ने प्रयास गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *