स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्नुपर्छ: प्रधानमन्त्री देउवा {भिडियोसहित}

डिसी नेपाल
४ पुष २०७९ १३:३९
12
Shares

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमश आत्म निर्भर संस्थाको रुपमा बिकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन्।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरि स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पुरा गर्नुपर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चूस्त पारदर्शी र प्रविधिमैत्री बनाउदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताएका छन्।

उनले मुलुकको बिकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरेका छन्।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *