मन्त्री खानका लागि कुनै पार्टीको पुच्छर बन्दैनौं : अध्यक्ष लिङ्देन {भिडियोसहित}

डिसी नेपाल
४ पुष २०७९ १४:३७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बितिकै आफुले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन् । पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको बताएका हुन् ।

उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसावले आफुले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापीत गर्ने धारणा राखे ।

उनले आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिड्ने बताएका छन् । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ ।

त्यस्तै राप्रपाका नेता पशुपतिशम्सेर राणाले संसदमा आफुहरुको उपस्थीत बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताएका छन् । अहिलेको ढंगबाट चलेर नेपाल अगाडी बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए । उनले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे ।

उनले नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना दलहरुलाई खवरदार गर्न राप्रपा आएकाले उक्त खवरदारी मामुली ढंगको नहुने जिकिर गरेका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *