पुष्पलालका भाइसँग भेट गर्दै सूर्य थापाले भनेः मैले ‘गद्धार पुष्पलाल’लेखककी पत्नीलाई हराए

डिसी नेपाल
५ पुष २०७९ २०:०९
264
Shares

काठमाडौं।नेकपा(एमाले)का नेता तथा प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निवौचित सूर्य थापाले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका भाइ सँग भेट गरेका छन् ।

उनले पुष्पलालका भाइ विजयलाल श्रेष्ठसँग आज बालुवाटार उनको निवासमा पुगेर भेट गरेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

भेटपछि फेसबुकमा तस्बिर सार्वजनिक गर्दै थापाले आफूलाई सदैब हौसला र प्रेरणा दिएको भन्दै श्रेष्ठलाई आभार प्रकट गरेका छन्।

उनले लेखेका छन्,‘अमर सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव का. पुष्पलालका कान्छा भाइ आदरणीय दाजु विजयलाल श्रेष्ठ(८९ बर्ष)को सानिध्यता मेरा लागि सदैव प्रेरणादायी रहेको छ। निर्वाचनका दौरान पटकपटक टेलिफोन गरेर उहाँले विजयको शुभकामना दिनुभएको मात्र होइन, चुनाव जितेपछि पनि टेलिफोनमार्फत बधाई भन्नुभएकै थियो।’

श्रेष्ठ निवास बालुवाटारमा भेट हुँदा अत्यन्तै हर्षित भएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको  थापाले उल्लेख गरेका छन् । उनले   ‘गद्धार पुष्पलाल‘ नामक पुस्तिकाका लेखक मोहन विक्रम सिहकी पत्नी दुर्गा पौडेललाई पाँच हजारको मतान्तरले पराजित गरेको विषयमा श्रेष्ठले निकै चासोका साथ सोधपुछ गरेको बताएका छन् ।

थापाले अगाडि लेखेका छन्,‘ मैले ‘गद्दार पुष्पलाल’ नामक बदनाम पुस्तिकाका लेखक मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई स्थानीय निर्वाचनमा गठबन्धनका पाँच दलहरूले पाएको कुल मतको योग २०,४४७ लाई थप ५,३०४ मत अन्तर गरी २५,७५१ मतले पछि पारेर प्युठानमा प्रतिनिधिसभा सदस्यमा पराजित गरेकोमा उहाँले निकै चासोका साथ सोधपुछ पनि गर्नुभयो। दाईको आशिर्वादका लागि विशेष कृतज्ञ छु !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *