नगरपालिका संघको उपमहासचिव बनिन् काठमाडौं महानगरकी उपमेयर डंगोल

डिसी नेपाल
६ पुष २०७९ १८:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल  नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् ।

यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *