भारतले कोरोनामा कडाइ बढायो, अन्य देशबाट आउनेको र्‍याण्डम टेस्ट गरिने

डिसी नेपाल
७ पुष २०७९ १०:३८

काठमाडौं । अन्य देशबाट भारत आउने यात्रुको विमानस्थलमा र्‍याण्डम कोरोना परीक्षण गरिनेछ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । समाचार एजेन्सी एएनआईका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको छ।

यसअघि स्वास्थ्यमन्त्री मनसुख मण्डवियाले भनेका थिए, ‘केही देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै आज विज्ञ र अधिकारीसँग स्थितिको समीक्षा गरेका छौं । कोभिड अझै सकिएको छैन। सजग रहन सबैलाई निर्देशन दिएको छु । हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं।’

केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ । चीनमा कोभिड–१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । चीन बाहेक जापान, दक्षिण कोरिया र ब्राजिलमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *