रुसी आक्रमणबारे जो बाइडेनले जेलेन्स्कीलाई भने– अमेरिका युक्रेनको साथमा उभिनेछ

डिसी नेपाल
७ पुष २०७९ १३:५६

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भने कि जबसम्म रुससँग युद्ध चलिरहन्छ अमेरिका युक्रेनको साथमा रहनेछ।

राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा राष्ट्रपति बाइडेनले भने, “तपाई कहिल्यै एक्लो हुनुहुन्न।”

यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि भोलोडिमिर जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका छन् ।

अमेरिकी भ्रमणमा, जेलेन्स्कीले जो बाइडेनलाई भेटे र त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरे।

जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिएको पुष्टि गरेका छन् ।

यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिने वाचा गरेको छ ।

बुधवार पत्रकार सम्मेलनमा बाइडेनले युक्रेनको सहयोगप्रति आफूलाई कुनै चिन्ता नभएको बताए ।

युक्रेनका केही सहयोगी राष्ट्रहरूले युद्धका कारण उत्पन्न समस्या, विश्वभर खाद्यान्न र इन्धनको अभावमा चिन्ता व्यक्त गरिरहेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो भ्रमणका क्रममा अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गरेका थिए ।

उनले कांग्रेसमा आफ्नो देश अहिले पनि समस्यामा रहेको बताए । उनले आगामी वर्ष यो द्वन्द्वमा ठूलो परिवर्तन हुने पनि संकेत गरे ।

जहाँ उनले युक्रेनले कहिल्यै आत्मसमर्पण गर्न नहुने बताए । साथै उनले हतियारको आवश्यकतामा पनि जोड दिए ।

जेलेन्स्कीले भने, “हो, हामीसँग हतियार छ, धन्यवाद।” तर, के तिनीहरू पर्याप्त छन्? इमानदार भएर भन्ने हो भने, छैनन्। रूसी सेनालाई पूर्ण रूपमा हटाउन थप हतियारहरू चाहिन्छ।

आफ्नो सम्बोधनको अन्त्यमा उनले युक्रेनको बहामुट सहरबाट ल्याइएको युद्ध झण्डा संसदलाई दिए, जसमा सैनिकको हस्ताक्षर रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *