रोकिएन उत्तर कोरियाको आणविक मोह, छोटो दुरीका दुई ब्यालिस्टिक मिसाइल प्रहार
प्योङयाङ। उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ। उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ।
गत महिना सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो। अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको छ उत्तरले दाबी गरेको छ।
‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देखेको छ‘ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने।
प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले महिनौंदेखि चेतावनी दिँदै आएका छन्। दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफका अनुसार दुवै देशले मंगलबार संयुक्त हवाई अभ्यास गरेका थिए र कोरियाली प्रायद्वीपमा अमेरिकी बी ५२ एच रणनीतिक बमवर्षक तैनाथ गरेका थिए।
लामो दूरीको भारी बमवर्षक एक अभ्यासको एक अंश थियो जसमा एफ २२ र एफ ३५ लडाकुविमानसहित सहित अमेरिका र दक्षिण कोरियाको सबैभन्दा उन्नत जेटहरू समावेश थिए। पछिल्लो प्रक्षेपण ह्वाइट हाउसले प्योङयाङले रुसी निजी सैन्य समूह वाग्नरलाई हतियार पुर्याएको बताएको केही घण्टापछि आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment