‘ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य’
न्युयोर्क। विद्रोह उक्साएपछि डोनाल्ड ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन दिन नहुने अमेरिकी क्यापिटलमा गत वर्ष भएको आक्रमणको अनुसन्धान गरिरहेका सांसदहरूले आफ्नो अन्तिम प्रतिवेदनमा निष्कर्ष निकालेका छन्।
गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो।
विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको थियो।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment