अफगानिस्तानमा विश्वविद्यालय प्रतिबन्धको विरोधमा प्रदर्शन गरिरहेका महिलाहरू पक्राउ

डिसी नेपाल
९ पुष २०७९ ११:०३

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा विरोध प्रदर्शन गरेको भन्दै तालिवानले पाँच महिलालाई पक्राउ गरेको छ । उनीहरूले युनिभर्सिटीमा महिलालाई प्रवेशमा रोक लगाएको विरोधमा प्रदर्शन गरेका थिए ।

यसबाहेक तीन पत्रकार पक्राउ परेका छन् । तखार प्रान्तमा पनि विरोध प्रदर्शन भएको खबर छ । मंगलबार घोषणा गरेपछि तत्काल लागू हुने गरी सरकारी तथा निजी विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको हो । बुधबार सुरक्षाकर्मीले महिलालाई रोक्न खोजेका थिए ।

यसअघि छात्राहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो । शिक्षा मन्त्रालयले विज्ञहरूले विश्वविद्यालयको पाठ्यक्रम र वातावरणको मूल्याङ्कन गरिसकेको र ‘उपयुक्त वातावरण’ नबन्दासम्म छात्राहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *